उहाँले हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले त्यसबाट लाभ लिन पनि उहाँले आग्रह गर्नुभयो । महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उहाँको भनाइ थियो । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उहाँको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । महिला चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छवटा क्षेत्रमा तालिम प्रदान गर्न लागेको हो । (रासस)