×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३ दशक लामो सहयात्रा पछी प्रतिस्पर्धातिर देउबा र निधी

३ दशक लामो सहयात्रा पछी प्रतिस्पर्धातिर देउबा र निधी

काठमाडौं -  शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान बिमलेन्द्र निधि उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए ।

गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् ।

दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।

काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो ।

फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि ।

झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्