काठमाडौं- काठमाडौंको बूढानलकण्ठमा आफ्नौ जिनी घर भएका निर्वातमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकारी निवास छाड्न डेरा खोज्दै छन् । आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवाले प्रधानमन्त्री पद पनि गुमेपछि सरकारी निवास बालुवाटार छाड्नुपर्ने भएको हो । तर त्यसका लागि उनले डेरा खोजिरहेकाले केही समय लाग्ने भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले उनी तत्काल त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले डेराको खोजी भइरहेको बताइएको छ । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएकाले भाडाको घर खोज्ने कार्य जारी रहेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनबाट ८९ सिटसहित प्रतिनिधिसभाको पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा दाबी नछाडेपछि अन्तिम समयमा आएर पाँच दलीय गठबन्धन टुट्न पुग्यो । कांग्रेस नेतृत्वको गठबन्धन तोडिएसँगै माओवादीले एमाले, स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिलगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार निर्माण गरिसकेको छ ।
२०७४ मा २३ सिट ल्याएर प्रतिपक्षमा बसेकाे कांग्रेस यस पटक सबैभन्दा ठूलाे दल बनेपनि राष्ट्रपति र सरकारकाे नेतृत्व पहिला आफैले गर्न पाउनुपर्ने दाबीका कारण फेरि प्रतिपक्षमै बस्नुपर्ने अवस्था आएकाे हाे ।