×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला

नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला

एजेन्सी/न्युयोर्क- जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ । पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डायनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ । 

खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसर्सको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याकवेमध्ये एक भएको जनाइएको छ । 

सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् । ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा बन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्र्याकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् । 
 

प्रतिकृया दिनुहोस्