×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो

रविका वकिललाई न्यायाधीशले भने : अमेरिकी नागरिक रहेकै बेला नेपाली पासपोर्ट निकालेको तथ्य हो

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजासमा सुनुवाइ जारी छ । सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले रविले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली पासपोर्ट निकालेको तथ्य रहेको बताए ।

‘सन् २०१४ मा रविले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो’, रविको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै न्यायाधीश खतिवडाले भने ।

अहिले रविका वकिलहरूको बहस जारी रहेको छ । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्ने छन् । बहस सकिएपछि सर्वोच्चले आजै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्ने छ ।

प्रतिकृया दिनुहोस्