द भ्वाइस अफ नेपाल सिजन ३ का उत्कृष्ट चार प्रतिभा छानिएका छन् । शुक्रवार भएको सेमिफाइनलमा चार टिमबाट एक-एक जना ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् ।
टिम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । टिम राजुबाट बागलुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् । टिम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।
शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरूले फिनालेको भोटका लागि आफ्ना प्रस्तुति दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत यी चार जनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।