×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील, बढाइयो सुरक्षा व्यवस्था

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील, बढाइयो सुरक्षा व्यवस्था

धनकुटा- आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ वटालाई संवेदनशील र ५४ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको छ । वर्गीकरणमा परेका मतदान स्थल भने सुरक्षाको दृष्टिकोणले सार्वजनिक गर्न नमिल्ने बताइएको छ ।

अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदान पश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिने छ ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र नं. क मा ६४ मतदान स्थलमा ८७ मतदान केन्द्र रहेका भने प्रदेश निर्वाचन क्षेत्र नं. ख मा ५५ मतदान स्थलमा ७५ मतदान केन्द्र रहेको छ।

प्रतिकृया दिनुहोस्