×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकका गुनासा सुन्न काठमाडौं महानगरमा कल सेन्टर सुरु

नागरिकका गुनासा सुन्न काठमाडौं महानगरमा कल सेन्टर सुरु

काठमाडौं - काठमाडौं महानगरपालिकाले नागरिकको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

योसँगै १६६००१०५५११ मा निःशुल्क फोन गरी आफ्नो समस्या तथा गुनासो टिपाउन सकिने छ ।

कल सेन्टरमा एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र कलको सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा सुरक्षित रुपमा राखिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस्