×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

यू-१६ क्रिकेटः थाइल्यान्डविरुद्द नेपालको शानदार जीत

यू-१६ क्रिकेटः थाइल्यान्डविरुद्द नेपालको शानदार जीत

काठमाडौं -  मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि सानदार जित निकालेको छ ।  मलेसियाको बांगीमा भएको खेलमा नेपाल रनको फराकिलो अन्तरले विजयी भएको हो ।

पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।  थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । नेपालले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको मलेसिया १३ दशमलब २ ओभरमा ४४ रन बनाउँदै अलआउट भयो। थाईल्यान्डका लागि ईसान बेर्नोजीले १६ तथा ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाईल्यान्डका सात खेलाडी शुन्य रनमा आउट भए ।  नेपालका लागि सन्तोष यादवले ५ तथा अशोक धामीले ३ विकेट लिए । कप्तान अभिसेक तिवारीले २ विकेट आफ्नो नाममा गरे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

नेपालका लागि निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय ईनिङ खेले । यादवले ४३ बलमा सर्वाधिक ७४ रनमा बनाए । 

नेपाललाई ओपनरद्वय यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । सुर्यांशुले ५५ बलमा  ४० रनमा आउट भए । 

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा अविजित रहे । सन्तोष यादव ३६ बलमा ४२ रनमा आउट भए । 

थाईल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले समान २/२ विकेट लिए तथा जित साद र पियावत नोद्रीले समान१/१ विकेट लिए ।  

प्रतियोगितामा सात टोलीको सहभागीता रहेको छ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह बी मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् । 

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ ।

प्रतिकृया दिनुहोस्