×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

क्वालालम्पुर- मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  यसैसँगै  कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या  ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । मङ्गलबाार कोरोना सङ्क्रमणको कारण तीन जनाको मृत्युभएको छ ।   कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएकोब मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा  दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख  २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । (रासस)

 

प्रतिकृया दिनुहोस्