काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिको कमजोरीमा बोल्दा ओली आक्रोसित हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूहरू राष्ट्रपतिको कमजोरीमा बोल्दा ओलीले धम्क्याएको आरोप लगाएछन् ।
'राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?,’ उनले प्रश्न गरे ।
त्यस्तै उनले एमालेका अध्यक्ष केपी शर्मा ओली खस्किँदो नेता र वरिष्ठ नेता माधवकुमार नेपाल उदाउँदो नेता भएको टिप्पणी गरेका छन् ।