×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘चपली हाइट ३’ पुस २ मा रिलिज हुने

‘चपली हाइट ३’ पुस २ मा रिलिज हुने

काठमाडौँ- चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुने भएकाे छ। निर्माता अर्जुन कुमारका अनुसार यो चलचित्र पुस २ गते अर्थात् डिसेम्बर १७ तारिखबाट प्रदर्शनमा आउने छ । कोरोना सुरु हुनु अघि २०७६को चैत २७ गते प्रदर्शनको लागि तयार पारिएको चलचित्र अब भने पुसमा प्रदर्शन गर्ने उनले बताएका छन् ।

चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजर हलमा बज्न सुरु भएको र ट्रेलर एक सातामा सार्वजनिक गर्ने समेत अर्जुनले बताए ।

प्रतिकृया दिनुहोस्