एजेन्सी- जापानको मेटजेन थेराप्युटिक्स कम्पनीले चुरुओका, यामागातामा “स्टूल डोनेशन रुम” सञ्चालनमा ल्याएको छ, जहाँ दिसाको नमूना दान गरेबापत प्रति पटक ५,००० येन दिइनेछ।
यो कार्यक्रम पेटसम्बन्धी माइक्रोबायोम अनुसन्धान र औषधि विकासका लागि सुरु गरिएको हो। तर, सबैको नमूना उपयोगी नहुने भएकाले केवल ५–१० प्रतिशत नमूनालाई मात्र उपयुक्त मानिनेछ।
१८–६५ वर्ष उमेरका स्वस्थ व्यक्तिले अनलाइन आवेदन दिनु पर्नेछ, र स्वास्थ्य परीक्षण पनि हुनेछ। योग्य ठहरिएमा, एक वर्षमा ३०,००० येनसम्म कमाउने अवसर पाइनेछ।