×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा

डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा

दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन् । उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ । उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन् । तर वास्तविकतामा यस्तो देखिएको छैन । हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए । तर उनीहरूले एकअर्कालाई दुरी बनाए ।

दुवै आआफ्नो काम गरे त्यहाँबाट फर्किए । उनीहरूले एकअर्कालाई देखे पनि बोलचाल गरेनन् । हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए । तर उनीहरूले एकअर्कालाई दुरी बनाए । दुवै आआफ्नो काम गरे त्यहाँबाट फर्किए । उनीहरूले एकअर्कालाई देखे पनि बोलचाल गरेनन् ।

उनीहरू गत साता आआफ्नो फिल्मको सुटिङका लागि हैदराबादको रमनायडु स्टुडियोमा गएका थिए । समान्था त्यहाँ फिल्म ‘यशोदा’को सुटिङ गरिरहेकी थिइन् भने नागा ‘बंगरराजु’को सुटिङ गरिरहेका थिए । यो फिल्ममा नागा पितासँग काम गरिरहेका छन् ।

उनीहरूले आफ्नो टिमलाई दुवैबीच टकरावको वातावरण नबनाउन बेलैमा सचेत गराइसकेका थिए । दुवैले एकअर्कालाई अवरोध नपुग्ने गरी सुटिङ पुरा गरे र त्यहाँबाट फर्किए । दुवैजना अलग्गिएपछि उनीहरु व्यावसायिक जीवनमा ध्यान केन्द्रीत गरिरहेका छन् ।

गत अक्टोबर २ मा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो निर्णयपछि नागाका साउथ सुपरस्टार पिता नागार्जुन निकै दुःखी बनेका थिए ।a

प्रतिकृया दिनुहोस्