×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पाकिस्तानको अपराजित यात्रा कायमै

पाकिस्तानको अपराजित यात्रा कायमै

एजेन्सी - आइसीसी टी-ट्वान्टी  विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । उसले समुहको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ रनले हराउँदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित  ओभरमा ४ विकेट गुमाएर १८९ रन बनायो । 

पाकिस्तान अपराजित रहँदै सेमिफाइनल खेल्ने लक्ष्यमा रहँदा स्कटल्याण्ड भने पाकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने प्रयासमा हुने छ ।

पाकिस्तानका लागि मोहमद रिजवानले १५ रन बनाउँदा कप्तान बाबर आजमले अर्धशतकीय पारि खेले । उनले ६६ रन बनाएका थिए । फकर जमाले ८ रन बनाउँदा मोहम्मद हाफिजले ३१ रन जोडे । 

यसैगरी सोयब मलिकले आक्रामक पारि खेल्दै पाकिस्तानको स्कोर अघि बढाएका थिए । १८ बलमा ५४ रनको अर्धशतकीय पारि खेले । उनी जारी टी २० मा सर्वाधिक थोरै बलमा अर्धशतक बनाउने दोस्रो खेलाडी बने ।

यसअघि भारतका केएल राहुलले १८ बलमा अर्धशतक बनाएका थिए । मलिकले ६ छक्का र १ चौका प्रहार गरे । क्रिस ग्रेभ्सले २ विकेट लिए ।

जवाफमा स्कटल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १७ रनमा रोकियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । जसमा जर्ज मुन्सेले १७ रन बनाए भने मिचेल लिस्कले १४ रन जोडे । 

सुरुवात राम्रो गर्न नसकेको स्कटल्याण्डले २३ रनमा पहिलो विकेट गुमायो भने ३६ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका स्कोर ८७ रन हुँदा पाँच विकेट झरेको थियो । स्कटल्याण्डका कप्तान केली कोट्जेर नौं रनमा आउट भए भने डेलन बुजले खाता खोल्न सकेनन् । 

यस्तै क्रिस ग्रेभेस चार रनमा आउट भए । स्कटल्याण्डका लागि रिचि बेरिङटोनले अर्धशतकिय पारी खेले । बलिङमा पाकिस्तानका सादाब खानले दुई विकेट लिए । 

प्रतिकृया दिनुहोस्