×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

कठै बिचरा मेरो देश !

कठै  बिचरा मेरो देश !

खोप ल्याउन कमिसन खानुपर्ने
सत्ता टिकाउन संविधान मिच्नुपर्ने
सत्ता पाउन न्यायालय धाउनुपर्ने
कतै बिचरा मेरो देश

शिक्षा मन्त्रालय मन्त्री फेर्दै छन् रे
विद्यालय निन्द्रामा अनलाइन क्लास लिँदै छन्
विद्यार्थीहरू तष्पतयप र एग्द्यन् मा भुल्दै छन्
कतै बिचरा मेरो देश

दक्ष जनशक्ति विदेश पठाउने
निर्यात घटाउने आयात बढाउने
वैदेशिक व्यापार घाटा गर्ने
आर्थिक भार बोलाउने
कतै बिचरा मेरो देश

गरीबलाई धनीले हेप्ने देश
जातजातमा भेदभाव गरिने देश
छोरीलाई पाखा छोरालाई काख गरिने देश
कठै बिचरा शत्तिले पनि सरापेको देश
कठै बिचरा मेरो देश

कृषिप्रधानमुलुक मा मलको अभाव हुने देश
किसानलाई दुःख पर्दा कमिसन खोज्ने देश
राहत र बजार व्यवस्था किसानलाई खोइ  सरकार ?
कतै बिचरा मेरो देश

भ्रष्टाचार र कमिसनले भरिएको देशमा
समाजसेवीहरुको सहयोग कतिदिनसम्म चल्छ ?
दिन दुखी र गरिबको हात र पेट फैलिन्जेल
कठै बिचरा सहयोगमा चलेको मेरो देश
कठै बिचरा मेरो देश ,कठै बिचरा मेरो देश

धन बहादुर तामाङ

प्रतिकृया दिनुहोस्