×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री देउवाले गरे मतदान, भने– निर्वाचनले लोकतन्त्र र गठबन्धनले कांग्रेस बलियो

प्रधानमन्त्री देउवाले गरे मतदान, भने– निर्वाचनले लोकतन्त्र र गठबन्धनले कांग्रेस बलियो

डडेल्धुरा- नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको अशिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेको सहायक मतदान अधिकृत दिलीप तामाङले जानकारी दिए।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।यसअघि पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका थिए।

पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान जारी छ। देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५ बजेसम्म जारी हुनेछन्।

मतदानपछि पत्रकारसँग कुरा गर्दै देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताए। उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए ।

प्रतिकृया दिनुहोस्