×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोरखा दरबारमा ‘पृथ्वीनारायण शाह’सँग सेल्फी !

गोरखा दरबारमा ‘पृथ्वीनारायण शाह’सँग सेल्फी !

पोखरा- पर्यटकलाई आकर्षित गर्नका लागि गोरखाको संग्राहलयमा पृथ्वी नारायण शाहसँग सेल्फी खिच्न पाइने भएको छ ।  संग्राहलयले शाहको नक्कल मिल्ने गरी एक व्यक्तिलाई सजाएर सधैँ उभ्याउन लागेको हो । ‘प्रतिविम्बमा पृथ्वीनारायण शाह’को सुरुआत बुधबारदेखि भैसकेको छ । अब पर्यटकहरूले संग्राहलयको मूल गेटमा पृथ्वी नारायण शाह कालीन पोसाक लगाएर उभिएको मान्छे भेट्नेछन् । उनीसँग कुरा गर्दै सेल्फी खिच्न पाउने भएका छन् ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर सपना पुन, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, विकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ लगायतले पृथ्वीनारायण शाहको प्रतिविम्बबारे चर्चा गरे । पृथ्वी नारायण शाहसँग फोटो खिच्नका लागि स्थानीयले २० रुपैयाँ तिर्नुपर्छ भने अरू पर्यटकलाई ५० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

समूहमा तस्बिर खिच्नेले १ सय रुपैयाँ र पृथ्वीनारायण शाहको पोसाकमा तस्बिर खिचाउनेले ३ सय रुपैयाँ शुल्क लाग्ने बताइएको छ । पृथ्वीनारायण शाहसित कालु पाण्डेको प्रतिविम्ब पनि राखिने छ । अब पृथ्वी नारायण शाहकै पोसाक लगाएर घोड सवारमा नगर परिक्रमा गर्न पाइने व्यवस्था समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्