×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

कर्णालीका अर्थमन्त्री विष्टको काठमाडौँमा उपचार गरिँदै

कर्णाली- कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री विष्टको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

यही असार २५ गतेदेखि मन्त्री विष्टको स्वास्थ्यमा खराबी आएपछि कर्णाली केयर अस्पताल, सुर्खेतमा उपचार गरिएको उहाँका प्रेस सल्लाहकार हृदय रिमालले जानकारी दिनुभयो । मन्त्री विष्टको मेडिसिटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।(रासस)

प्रतिकृया दिनुहोस्