कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । अरु दाबेदारहरूमा सचेतक पुष्पा भुसाल, डा. डिला संग्रौला डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. मानबहादुर विश्वकर्मा सहितका नेताले मन्त्री बन्न इच्छा देखाएका छन् ।
पूर्व संस्थापनबाट प्रकाशमान सिंह र सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, संजय गौतम, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेही, लालकाजी गुरुङ मोहन आचार्यसहितका सांसद मन्त्रीका लागि दाबेदार छन् । सिटौला समूहबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान दाबेदार छन् ।
माओवादीबाट मन्त्रीका लागि दाबेदार को-को ?
माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री बनिसकेका छन् । सरकारमा दाबेदारी गर्नेमा प्रकाशमान सिंह, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शशि श्रेष्ठ र अन्जना विशंखे चर्चामा छन् ।
माओवादीबाट अहिलेसम्म मन्त्री नभएका देवेन्द्र पौडेल, देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, जयपुरी घर्ती, शिवकुमार मण्डल, अमनलाल दी, सुदन किराती, महेश्वर गहतराज र विना मगर मन्त्रीका दाबेदार हुन् ।