×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भदौ ८ सम्म बढाइयो निषेधाज्ञा‚ बिहीबारदेखि थप कडाइ

भदौ ८ सम्म बढाइयो निषेधाज्ञा‚ बिहीबारदेखि थप कडाइ

सरकारले बिहीबारेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

त्यस्तै बैठकल‍े राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णयसमेत गरेको छ ।

‘स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने तथा अत्यावश्यक बाहेकका अन्य निजी एवम्, सार्वजनिक सवारी साधनहरु ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ सूचनामा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस्