×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

आजबाट देशभर प्रदर्शनमा "लाखे "

आजबाट देशभर प्रदर्शनमा "लाखे "

काठमाडौं- नेपाली कथानक चलचित्र ‘लाखे’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

यस चलचित्रले कात्तिक ११ मा महजोडीको चलचित्र ‘महापुरुष’ प्रदर्शन हुने भएपछि महलाई सम्मान गर्दै चलचित्रको प्रदर्शन मिति पुनः परिर्वतन गरेको निर्माण टिमले जनाएको थियो । चलचित्र एक सातापछि आज प्रदर्शनबाट आएको छ |

प्रतिकृया दिनुहोस्