महेन्द्रनगर -आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले) बाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) बाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन् ।