×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचार गर्न दिनेमा आयोग सकारात्मक

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचार गर्न दिनेमा आयोग सकारात्मक

काठमाडौं- निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने गरी आचारसंहिता संशोधन गर्ने सहमति जनाइको छ। प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने आचारसंहिता जारी भएकोप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न आयोग सकारात्मक बनेको हो।

बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन्। आयोगले प्रधानमन्त्री, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार गर्न नपाउनेगरी आचारसंहिता प्रकाशन गरेको थियो।

त्यसमा दलहरुले अधिकार हनन् भएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताउँदै आएका थिए। बुधबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दलहरूको चासोलाई सकारात्मक रुपमा लिँदै सल्लाह गरेर मिलाउने आश्वासन दिएको कांग्रेस सचिव केशव रिजालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्