काठमाडौँ- भोलि(बुधबार)देखि शनिबारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र यसको प्रभाव भोलिदेखि शनिबारसम्म रहने मौसमविद् समीर श्रेष्ठले मकालुखबरलाई बताए ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।
सुदूरपश्चिममा भोलिदेखि पानी पर्न थाल्नेछ भने आइतबारदेखि उक्त प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने उनकाे भनाई छ । यस्तै काठमाडौँ उपत्यकामा आज र भोलि कम तथा बिहीबार, शुक्रवार र शनिबार बढी प्रभाव पर्ने जनाइएको छ ।
यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २० गते (मंगलबार)
राती : सुदुर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू(भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
पौष २१ गते (बुधबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा आँशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही रहने छ। सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २२ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ।
बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनु हुन समेत अनुरोध छ।