×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईजीपी नियुक्ति विवाद : आज बहस हुन सकेन, शुक्रबारलाई सारियो

आईजीपी नियुक्ति विवाद : आज बहस हुन सकेन, शुक्रबारलाई सारियो

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथिको बहस लम्बिएको छ । सरकारी वकिल पक्ष सोमबार बहसका लागि तयार नभएपछि अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले आईजीपी नियुक्तिविरुद्ध दर्ता गरेको रिट निवेदनमाथि सोमबार बहस हुन नसकेको हो ।

यसअघि आइतवार (२६ असार) का लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण रोकिएको थियो । त्यसपछि सोमबारका लागि सुनुवाइ तोकिए पनि असार मसान्तसम्म सारिएको हो । शुक्रबार छिनोफानो नभए शनिबार सार्वजनिक बिदा भएकाले यो मुद्दाको अन्तिम टुंगो लाग्न अब साउन कुर्नुपर्ने भएको छ । सोमबार रिट निवेदक एआईजी पोखरेलका कानुन व्यवसायीले जवाफी बहस गर्ने तय थियो । तर, सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि अर्को सुनुवाइ शुक्रबारका लागि सारिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक एआईजीपी विश्वराज पोखरेलले आफू साउनमा अवकाशमा जानुअघि नै मुद्दाको छिनोफानो गर्नुपर्ने आग्रह सर्वोच्चमा गर्दै आएका छन् । यसअघि असार २३ गतेभित्र बहस नोट बुझाउन इजलासले भनेको थियो। त्यसपछि असार २६ गते जवाफी बहस हुने तयारी थियो ।

प्रतिकृया दिनुहोस्