काठमाडौं- मोडल गरिमा शर्मा अभिनित गीत ‘हिसाब किताब’को भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक राज सिग्देलको आवाज रहेको गीतमा अहिलेकी व्यस्त तथा चर्चित मोडेल शर्मा र जिवन भट्टराईको अभिनय छ।
निरु न्यौपानेको शब्द रहेको गीतमा आवाज र संगीत राजले नै गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको भिडियोलाई अनुप चापागाँइले निर्देशन गरेका छन्।