×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

काठमाडौँ- धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

प्रतिकृया दिनुहोस्