×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा सामूहिक राजीनामा

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा सामूहिक राजीनामा

काठमाडौं - एमाले नेता भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रावललाई उम्मेदवार सिफारिस गर्दा समेत टिकट नदिइएको भन्दै सामूहिक राजीनामाको तयारी गरेका हुन् ।
हाल उनीको सामूहिक बैठक बसिरहेका छन् । प्राप्त विवरण अनुसार उनीहरुको राजीनामाको ड्राफ्ट तयार भइसकेको छ । यद्यपि हस्ताक्षर हुन बाँकी रहेको एक नेताले बताए ।

आजै नेकपा एमाले क्षेत्रीय निर्वाचन समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिइसकेका छन् । यस्तै नेता राववले समेत भोलि सम्म व्यवस्थित निर्णय लिने उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्