×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीले भने : प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री बनाउँदैनौँ

प्रधानमन्त्रीले भने : प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री बनाउँदैनौँ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा १० प्रतिशत भन्दा बढ्न मन्त्री नबनाउँने बताएका छन् । मङ्गलवार सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा भएको छलफलमा उनले प्रदेशको मन्त्रालय संख्या घटाइने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा सरकार बनिसकेपछि बडो दृढताका साथ भनेका छौँ १० प्रतिशत भन्दा बढी मन्त्री बनाइने छैन, मन्त्री घटाउने छौ । एउटा मन्त्रालय घटाउँदा करोडौँ बचत हुन्छ ।’ उनले प्रदेशमा ठुलो मन्त्रिपरिषद् बनाउँदा सङ्घीयता विरोधीले प्रश्न उठाउने मौका पाएको पनि बताए ।

संविधानमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री बनाउन सक्ने व्यवस्था छ । सोही कारण प्रदेशहरूमा मन्त्रालय थप गरिएको थियो ।

प्रधानमन्त्रले अहिलेका सत्ता साझेदार दलबीच मन्त्रालय घटाउने विषयमा सहमति भइसकेको भन्दा अब प्रदेशलाई अधिकार सम्पन्न बनाउने ऐनहरू जारी गर्ने र विकासका काम अघि बढाउने बताए । प्रचण्डले मन्त्रिपरिषद्का सदस्यले सङ्घीयता विरोधी अभिव्यक्ति दिएमा स्पष्टीकरण सोध्ने पनि बताए ।

प्रतिकृया दिनुहोस्