×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनुषा – धनुषामा बुधबार तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीनैजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि  प्रादेशिक अस्पताल जनकपुरतर्फ लाने क्रममा बाटैमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
हुलाकी सडक खण्डमा पर्ने देवरीबाट जनकपुरतर्फ आउँदै गरेको ज. ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा १५ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेको टोलीले घाइते उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाएकोमा तीनै जनाको बाटोमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका ११ बस्ने २२ वर्षीय कुनालकुमार साह छन् भने अन्य दुई जनाको पहिचान खुल्ने क्रममा रहेको प्रहरीको भनाइ छ । उनीहरूको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ भने मोटरसाइकललाई कपिलेश्वर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्