×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदीय निर्वाचनमा कांग्रेसबाट को बन्ला काठमाडौं–५ मा उम्मेदवार ?

संसदीय निर्वाचनमा कांग्रेसबाट को बन्ला काठमाडौं–५ मा उम्मेदवार ?

काठमाडौं- संसदीय निर्वाचनको मिति तय हुनुअघि नै केही साना राजनीतिक दल र स्वतन्त्रले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । विषेश गरि देशको राजधानीसमेत रहेको काठमाडौंमा अहिले साना दल तथा स्वतन्त्रले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

चुनावको मिति घोषणा भइनसकेको अवस्थामा ठूला दलले पनि आन्तरिक छलफल तथा परामर्श भने गरिरहेका छन् । सत्तारुढ गठबन्कनधको प्रमुख घटक नेपाली कांग्रेसभित्र केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महरलाई काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने पहल सुरू भएको बुझिएको छ ।

स्थानीय पार्टी नेता तथा कार्य समितिहरूको तर्फबाट सभापति शेरबहादुर देउवासमक्ष समेत महरलाई उम्मेदवार बनाए जिताएर पठाउने भन्दै केही नेताहरूले यसअघि नै प्रतिद्धता जनाइसकेका छन् ।

 

काठमाडौं क्षेत्र नम्बर ५ प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको निजी निवास समेत रहेको क्षेत्र हो । यसअघि उम्मेदवार बनेर पराजित भएका नेता डा. प्रकाशशरण महत नुवाकोटबाट चुनाव लड्ने निश्चित भइसकेपछि काठमाडौं ५ मा कांग्रेसका अन्य नेताले मौका पाउने निश्चित छ ।

 

काठमाडौं ५ मा कसलाई उम्मेदवार बनाउने भन्ने सन्दर्भमा निर्णायक मानिएका प्रकाशमान सिंह, गगनकुमार थापा र प्रकाशशरण महतको समेत नैनसिंह महरप्रति सद्भाव देखिएको बताइन्छ । तर कांग्रेसभित्र अन्य नेता पनि त्यस क्षेत्रबाट आकांक्षी रहेका बताइएको छ ।

काठमाडौं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जितेको क्षेत्र हो । यसपटक स्थानीय चुनावमा पनि महानगरपालिकाका यस क्षेत्रमा पर्ने सबै वडासहित टोखा र बूढानीलकण्ठ नगरपालिका एमालेले जितेको छ ।

प्रतिकृया दिनुहोस्