×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले आज तीन ठाउँमा सभा

कांग्रेसले आज तीन ठाउँमा सभा

काठमाडौं- नेपाली कांग्रेसले आज तीन ठाउँमा चुनावी सभा आयोजना गर्दैछ। रुपन्देही तनहुँ र धनुषामा चुनावी सभा गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।

सबै सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । रुपन्देहीको बुटवलमा विहान ११ बजे हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता चक्रपाणि खनाल लगायतले सम्बोधन गर्ने बताइएको छ ।   

बुटवलको सभा सकेर शीर्ष नेताहरु तनहुँको दमौलीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न पुग्नेछन् । प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु तनहुँबाट दिउँसो २ बजे धनुषाको जनकपुरमा हुने सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

त्यहाँ कांग्रेसका शीर्ष नेताहरूसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्