×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुडानमा ७२ घण्टा लम्बियो युद्धविराम

सुडानमा ७२ घण्टा लम्बियो युद्धविराम

काठमाडौं- सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच राजधानी खार्तुम र पश्चिमी डार्फर क्षेत्रमा जारी हिंसा रोक्ने सहमति भएका छन्। बारम्बार तोडिएको तीन दिने युद्धविरामको अन्तिम घण्टामा संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको मध्यस्थता प्रयासपछि थप ७२ घण्टा युद्धविराम लम्ब्याउने सहमति भएको सेनाले बताएको छ।

जारी हिंसाका कारण हजारौँ सुडानी नागरिक सुरक्षित क्षेत्रमा भागेका छन् भने विदेशी राष्ट्रहरूले आफ्ना सयौं नागरिकलाई आफ्ना देशमा फिर्ता बोलाएका छन्। सेनाले भने सुडानका धेरैजसो क्षेत्रहरू आफूले नियन्त्रण लिएको दाबी गरेको छ। खार्तुममा केही आवासीय क्षेत्रहरू यतिबेला युद्ध क्षेत्रमा परिणत भएका छन्।

 

प्रतिकृया दिनुहोस्