×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । शारीरिक रूपमा अपाङ्गता भएकी र सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारी पक्राउ परेका हुन् ।

उनले यही पुस २१ गते साँझको समयमा ती महिला घरमा एक्लै भएको बेला शौचालयमा लगी जबरजस्ती करणी गर्न खोजेको आरोप छ । अधिकारीविरुद्ध जबरजस्ती करणी कसुरअन्तर्गत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालझण्डीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्