पछिल्लो समय जीबि चिरनको उपनामले चर्चित चिरञ्जीवि सापकोटाको अभिनयमा सार्वजनिक भएका हरेक भिडियोहरु चर्चामा आउने गरेका छन् । भिडियोमा पाएको भूमिकामा सशक्त अभिनय गर्नसक्ने उनको क्षमताको कारण पनि उनका भिडियोहरुले राम्रो दर्शक पाउने गरेका छन् ।
जीबि चिरनले अभिनय गरेको पछिल्लो एउटा भिडियो पनि अहिले चर्चामा छ । उनले अभिनय गरेको धुरुरु बोलको गीतको भिडियो चर्चामा रहेको हो ।
युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका गायक बादल थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा कमल सौरागको एरेञ्ज रहेको छ ।
जीबि चिरनको साथमा कृष्टिना के.सी. र सुवास बजगाईंको समेत रहेको भिडियोमा दिपक गिरीको छायाँकन एवम् श्रीजन बरालको निर्देशन रहेको छ भने अमृत चापागाईंले भिडियोको सम्पादन गरेका छन् ।