काठमाडौं- फिल्म कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामालाई रिहाइ हुन ३ हजार धरौटी माग गरिउको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनलाई रिहा गर्न ३ हजार धरौटी माग गरेका हुन्। एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको प्रहरीले जनाएको छ। धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन्।
मिरुनाले आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्। लामा सोमबार पक्राउ परेका थिए।