×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

काठमाडौँ- अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका हुन् ।

एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल भएका छन् । अहिलेसम्म १५ पटककोमात्र रेकर्ड रहेको छ ।



रेकर्डको आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डमा पठाइने भएको छ । एभरेष्ट तेक्वान्दो स्कुलका संचालक तथा प्रशिक्षकहरु मास्टर कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा कार्यक्रम भएको हो । प्रशिक्षकहरु राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी र नकुल शर्मा निर्णायक मण्डलमा रहेका थिए ।

नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्बन्धको ७५ वर्षको उत्सव मनाइरहँदा अमेरिकामा रहेको नेपाली दुतावासको सहयोगमा विश्व रेकर्ड प्रयास गरिएको सुनारले बताए ।

प्रतिकृया दिनुहोस्