×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गरेका छन्। दर्जनौँ लोक दोहोरी गीत गाएर चर्चित बनेका गायक पौडेलको स्याङ्जास्थित घरमै गएराति निधन भएको हो।

विगत दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका भएका पौडेलको रक्त अल्पताको कारण निधन भएको छ।

प्रतिकृया दिनुहोस्