×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेविसंघका नेताहरू फेरि पक्राउ

नेविसंघका नेताहरू फेरि पक्राउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू पक्राउ परेका हुन् । 

सोमबार ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । 

प्रहरीले प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ, सबिन भन्डारी, लक्ष्मण भट्टसहितका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । 

 

प्रतिकृया दिनुहोस्