काठमाडौं- नेकपा माओवादी केन्द्रले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको गरिमामा आघात पुर्याएको भनेको छ ।
प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले अस्वीकार गर्नु संविधानको उल्लंघन भएको निष्कर्ष पार्टीको रहेको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
भदौ २० मा प्रतिनिधिसभाबाट दोस्रो पटक पारित भएर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । दोस्रो पटक पुगेको विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भए पनि राष्ट्रपति भण्डारीले मंगलबार राति १२ बजेको समयसीमा भित्र पनि पारित नगरेकी हुन् ।
राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने श्रेष्ठले बताए । बैठक केही बेरमा बस्दैछ ।