काठमाडौँ- छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।
उनको शवलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा ९ बजेदेखि ११ बजेसम्म राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।
उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म कागबेनीको छायांकन गरेका थिए । उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् । स्वरु, भुइँमान्छेु, मेरो बेस्ट फ्रेन्डु, पण्डित बाजेको लौरी, जंग बहादुरको कोटु लगायत फिल्मका छायांकन गरेका थिए ।