काठमाडाैँ- जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठकमा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। शनिबार काठमाडौँमा बसेको परिषद् बैठकमा भट्टराईले समसामायिक र जसपाको कार्यदिशा बिषयक राजनीतिक प्रतिवेदन पेश गरेकाे हो । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
अध्यक्ष भट्टराईको प्रतिवेदनमा पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोहअवरोह आउनु स्वभाविक भएको उल्लेख गरेका छन् । पार्टी संगठनले त्यस्ता समस्या, अप्ठ्यारा र आरोह–अवरोहलाई सामना गर्न र पचाउन सक्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पार्टीभित्र व्यक्त हुने सबै प्रकारका विचारलाई सम्मान गर्दै सकेसम्म सर्वसम्मत निर्णय गर्ने प्रयास गर्नुपर्ने र मत विभाजनको अवस्था आए अल्पमत बहुमतको प्रक्रियालाई स्वाभाविक रूपमा लिनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।
संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ । केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुने जसपाले जनाएको छ ।