×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ईपीएलकाे फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

ईपीएलकाे फाइनलका लागि पोखरा र भैरहवा भिड्दै

काठमाडौँ -इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् ।बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् ।

बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै चितवन टाईगर्स पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ ।यसअघि पोखरा पहिलो क्वालिफायरमा चितवनसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा भैरहवाले काठमाडौं किग्स-११ लाई १६ रनले पराजित गर्दै लगातार चौथो पटक फाइनल नजिक छ ।

फाइनल शनिबार हुने छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्