×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तनहुँ जिससमा गठबन्धन निर्विरोध

तनहुँ जिससमा गठबन्धन निर्विरोध

पोखरा- जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा कांग्रेसका शान्तिरमण वाग्ले निर्विरोध चयन भएका छन् । गठबन्धन उम्मेदवारले प्यानल सहित जितेका छन् ।

उपप्रमुखमा माओवादीका वासुदेव थापा चयन भए । यस्तै सदस्यहरूमा कांग्रेसका चिरञ्जीवी ढकाल, नेत्र बहादुर गुरुङ, डाेल बहादुर सुनार, पान कुमारी खाँण र तिलादेवी आले विजयी भए ।

माओवादी केन्द्रबाट सदस्यमै खिमलाल भण्डारी र लक्ष्मी गुरुङ चयन भएका छन् । योसँगै गण्डकीका ७ जिल्लामा एमाले, २ जिल्लामा माओवादी र २ जिल्लामा कांग्रेस तथा एउटा जिल्लामा जनमोर्चाले प्रमुख जितेको छ ।

प्रतिकृया दिनुहोस्