काठमाडौं- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट निर्माण गर्दा आसपासका घरहरू भासिएका छन्। गएराति २-३ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएको
सानेपामा चौधरी समूहको स्वामित्वमा रहेको अपार्टमेन्ट बनाउन खन्दा घरहरु भाँसिएका र भत्किएका हुन्। स्थानीयका अनुसार २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। भने अन्य घर जोखिममा परेका छन्।
सामान्य रुपमा जमिन चर्कन थालेपछि निर्माण तत्काल बन्द गर्न आग्रह गर्दा पनि काम नरोकिएको स्थानीयको भनाई छ। घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन।
घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसएसपी सिद्धिविक्रम शाह, सांसद्वय उदयशम्शेर राणा, तोसिमा कार्कीलगायतले उक्त क्षेत्रमा पुगेर अवलोकन गर्नुका साथै स्थानीयसँग पनि छलफल गरेका छन्।
घटनाबारे प्राविधिक टोलीले अहिले अनुसन्धान गरिरहेको छ।