नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली कहिल्यै नसुध्रिएको भन्दै दिक्दारी प्रकट गरेका छन् ।
शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । बिनागल्ती आफूलगायतका नेताहरुलाई स्पष्टीकरण सोधेको र आफूहरुले अनुरोध नगरीकनै आममाफीको घोषणा गरेको उल्लेख गर्दै नेता नेपालले भनेका छन्- ‘मैले स्पष्टीकरण सोध्न हतार गरेँ, गल्ती गरेँ भनेको भए के हाइट घट्थ्यो ? मर्यादा घट्थ्यो ?’