×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मुम्बईलाई हराउँदै साबिक विजेता गुजरात आईपिएलको फाइनलमा

मुम्बईलाई हराउँदै साबिक विजेता गुजरात आईपिएलको फाइनलमा

काठमाडौँ - साविक विजेता गुजरात टाइटन्स पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदैआईपिएलको फ़ाइनलमा प्रवेश गरेको छ।

आईपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको उत्कृष्ट  शतक र मोहित शर्माको किफायती बलिङमा गुजरातले मुम्बईलाई ६२ रनले हराउँदै उपाधि नजिक पुगेको हो।

पहिले ब्याटिङ गर्दै गुजरातले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो।

उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए। तिलब बर्माले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ४३ रन बनाउँदा क्यामरून ग्रिनले ३० रन जोडे।  अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खराब सुरूआत गरेको मुम्बईको इनिङ्सले पहिलो ओभरमा नै नेहल वडेरा मात्र चार रन बनाएर आउट भए। तेस्रो ओभरमा कप्तान रोहित शर्मा पनि व्यक्तिगत ८ रनमा आउट भए ।

यसपछि मैदानमा आएका तिलक वर्माले १४ बल खेल्दै ५ चौका र ३ छक्कासहित ४३ रन बनाएर पावरप्लेको अन्तिम बलमा राशिद खानबाट बोल्ड भए।

तिलक वर्माले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारीसमेत गरेका थिए।

यसपछि क्यामरून ग्रीनले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग अर्धशतकीय साझेदारी गर्दै जितको आशा जिवितै राखे।
क्यामरुन ग्रीनले २० बलमा ३० रनको इनिङ खेले। यस्तै, खेलको १५ औं ओभरमा आउट हुनुअघि सूर्यकुमार यादवले ३८ बलमा ६१ रनको इनिङ खेले।

मुम्बई इन्डियन्सको टोली १८.२ ओभरमा १७१ रनमा अल आउट हुँदै सातौं पटक फाइनल खेल्ने मौका गुमायो। मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेर प्रतियोगिताकै सर्वाधिक सफल टोली भएको छ।

गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए। मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले शुभमन गिलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो।

यो आईपिएलको प्लेअफ खेलमा बनाएको सबैभन्दा ठूलो लक्ष्यको कीर्तिमानसमेत हो। शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको बलियो इनिङ खेले।  साही शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे। ऋदिमान साह १८ रनमा आउट भएका थिए।

मुम्बईका आकाश माडवाल र पियुल चावलाले १-१ विकेट लिए।

योसँगै गुजरातको लगातार दोस्रो वर्ष आईपिएलको फाइनलमा पुगेको छ। अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्