×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मुख्यमन्त्री शंकर पोखरेललाई कारबाही गर्न माग

मुख्यमन्त्री शंकर पोखरेललाई कारबाही गर्न माग

राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारबाही गर्न माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ ।’ उनले मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी समेत गरिन् ।

 

 

प्रतिकृया दिनुहोस्