×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १५ जनामा कोरोना संक्रमण, १०२ सक्रिय संक्रमित

थप १५ जनामा कोरोना संक्रमण, १०२ सक्रिय संक्रमित

काठमाडाैँ- नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८६ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन् । हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्